देशवासीले नागरिकता पाउनुपर्यो : हृदयेश त्रिपाठी

सांसद हृदयेश त्रिपाठीले भारत र चीनको मतलब नगरी देशभित्र रहेकाले नागरिकता पाउनुपर्ने बताएका छन् । उनले हाल उठेको विषय नागरिकताको भन्दापनि मानसिकताको सवाल रहेको बताए ।
उनले भने–‘हाम्रो माग भनेको देशवासीले नागरिकता पाउनुपर्छ । त्यसमा तर, वा केही छैन । जो बसोबासी छन्, जो हाम्रा हुन तिनीहरुले नागरिकता पाउनुपर्छ । राज्य व्यवस्था समितिमा तत्कालीन नेकपाले निर्देशन दिएपछि बहुमतले पास भएको थियो । त्यहाँ नोट अफ डिसेन्टहरु लेखिएका छन् ।’ संसद विघटन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश अहिलेको सरकारले विधेयकको रुपमा ल्याएको बताए ।
उनले जन्मका आधारमा नागरिकता पाइसकेका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्नेमा जोड दिए । उनले भने–‘जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तान लाहुरे भएर हिँडिरहने ? लावारिस भएर हिँडिराख्ने ? उनीहरुले नागरिकता माग गर्दा देशको स्वाधिनता नै समाप्त भएर गइहाल्छ ? भन्न खोजेको आखिरमा के हो यो ? यहाँनिर के छ भने मानसिकताको समस्या छ ।’
संविधानमा व्यवस्था भएपनि सरकारले आमाको नामबाट नागरिकता दिने विधेयक ल्याउन नसक्ने बताए । उनले भने–‘कोही माइकालाल छैन, कोही सरकार छैन जसले आमाको नामबाट नागरिकता दिने विधेयक ल्याउने आँट गर्न सकोस् । मलाई थाहा छ त्यो आँट हिजोको सरकारमा पनि थिएन, आजको सरकारमा पनि छैन, भोलीको सरकारमा पनि हुने छैन् ।’ उनले भारत, चीनका मान्छेले नागरिकता पाउँछन् भन्ने चिन्ताभन्दा पनि देशका मान्छेले नागरिकता पाउनुपर्‍यो भन्ने चिन्ता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार र थाइल्याण्डपछि अफगानिस्तानमा लगातार भूकम्प
-
पूर्वराजाका समर्थकले गरेको तोडफोड अनुगमनमा निस्कँदै गृहमन्त्री
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई तुलना गर्दै एमाले महासचिवले भने–असलियत उदांगिएको छ
-
१५ तस्बिरमा म्यानमारको विनाशकारी भूकम्प
-
प्रदर्शनका नाममा गरिएको हिंसात्मक गतिविधिको इन्सेकद्वारा भर्त्सना
-
म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या १४४ पुग्यो, उद्धार जारी