देशवासीले नागरिकता पाउनुपर्यो : हृदयेश त्रिपाठी
सांसद हृदयेश त्रिपाठीले भारत र चीनको मतलब नगरी देशभित्र रहेकाले नागरिकता पाउनुपर्ने बताएका छन् । उनले हाल उठेको विषय नागरिकताको भन्दापनि मानसिकताको सवाल रहेको बताए ।
उनले भने–‘हाम्रो माग भनेको देशवासीले नागरिकता पाउनुपर्छ । त्यसमा तर, वा केही छैन । जो बसोबासी छन्, जो हाम्रा हुन तिनीहरुले नागरिकता पाउनुपर्छ । राज्य व्यवस्था समितिमा तत्कालीन नेकपाले निर्देशन दिएपछि बहुमतले पास भएको थियो । त्यहाँ नोट अफ डिसेन्टहरु लेखिएका छन् ।’ संसद विघटन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश अहिलेको सरकारले विधेयकको रुपमा ल्याएको बताए ।
उनले जन्मका आधारमा नागरिकता पाइसकेका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्नेमा जोड दिए । उनले भने–‘जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तान लाहुरे भएर हिँडिरहने ? लावारिस भएर हिँडिराख्ने ? उनीहरुले नागरिकता माग गर्दा देशको स्वाधिनता नै समाप्त भएर गइहाल्छ ? भन्न खोजेको आखिरमा के हो यो ? यहाँनिर के छ भने मानसिकताको समस्या छ ।’
संविधानमा व्यवस्था भएपनि सरकारले आमाको नामबाट नागरिकता दिने विधेयक ल्याउन नसक्ने बताए । उनले भने–‘कोही माइकालाल छैन, कोही सरकार छैन जसले आमाको नामबाट नागरिकता दिने विधेयक ल्याउने आँट गर्न सकोस् । मलाई थाहा छ त्यो आँट हिजोको सरकारमा पनि थिएन, आजको सरकारमा पनि छैन, भोलीको सरकारमा पनि हुने छैन् ।’ उनले भारत, चीनका मान्छेले नागरिकता पाउँछन् भन्ने चिन्ताभन्दा पनि देशका मान्छेले नागरिकता पाउनुपर्‍यो भन्ने चिन्ता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण