बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

माओवादीले संसद बहिस्कार गर्दा मैले चुनौती मानेको छैनः मुख्यमन्त्री शाही

शुक्रबार, ०६ साउन २०७९, १६ : ४३
शुक्रबार, ०६ साउन २०७९

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारमा देखिएको समस्याले आफूलाई कुनै चुनौती नभएको टिप्पणी गरेका छन् । गठबन्धनभित्रकै प्रमुख दल नेकपा माओवादी केन्द्रले संसद वहिस्कारको विषयलाई लिएर उनले यस्तो बताएका हुन् ।

शुक्रबार वीरेन्द्रनगरमा  आयोजित ४० औं बीपी स्मृति दिवसको अवसरमा बोल्दै उनले भने, ‘म भाग्यमानी मान्छे हुँ, गठबन्धनकै नेताहरुले संसद बहिस्कार गरेर हिँड्ने, अनि म हाँसेर बस्ने । संसारका यस्तो कहिँपनि छैन ।’ साथै उनले काँग्रेस कार्यकर्तालाई यो विषयलाई चुनौतीमा रुपमा नलिन सम्झाए । उनले भने, ‘तपाईंहरु चुनौती भन्नुहुन्छ ? मलाई त्यस्तो चुनौती केही पनि छैन । मैले यसलाई चुनौती नभइ अवसरको रुपमा लिएँ । दिन आए रात आउँछ रात आए दिन आउँछ ।’ 
उनले चुनावको समयमा माओवादीले पैसा बाँड्ने गरेको टिप्पणी गरे । तर काँग्रेसले पैसा दिएर भोट किन्न नचाहेको उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप