मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन

शुक्रबार, ०६ साउन २०७९, १६ : ३८
शुक्रबार, ०६ साउन २०७९

संसदीय समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले क्याविनेटमा प्रतिप्रस्ताव लगेर भएपनि सो बीमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या तत्काल हल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । 

बजेट वक्तव्यमा आएको सो सम्बन्धि व्यवस्थालाई हेरी मन्त्रालय आफैंले वा नसकेमा मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय गराएर भएपनि सो  बीमा कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् । 

समितिले सेवाग्राहीलाई सहज ढंगले सो बीमाको भुक्तानी पाउने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम तत्काल सुचारु गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

आफूले नसके मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय गराएर भएपनि सो बीमा कार्यक्रम तत्काल कार्यान्वयन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढिलाई गर्न नहुने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले बताए । उनले स्वास्थ्य बीमा कार्यक्रम रोकेर सरकारले गम्भिर गल्ती गरेको आरोप समेत लगाए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप