सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी काम इमान्दारितापूर्वक थालोस् : खतिवडा

शुक्रबार, ०६ साउन २०७९, १६ : ३७
शुक्रबार, ०६ साउन २०७९

पूर्व अर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले वर्तमान सरकारलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी काम बेलैमा थाल्न सुझाव दिएका छन् । शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानले गरेको कार्यक्रममा वर्तमान आर्थिक अवस्थाबारे रिपोर्ट पेश गर्दै अर्थमन्त्री खतिवडाले सरकार नै सम्पत्ति शुद्धीकरणका सवालमा इमानदार हुन नसकेको हो कि भन्ने आशङ्का पैदा भएको बताए । 

‘सरकारले बेलैमा सुनोस् अव ३,४ महिनाको समय बाँकी छ । जति पनि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी गर्नुपर्ने कामहरू छन् ती काम कमसेकम इमान्दारितापूर्वक गरेर देखाउन त थालोस्’, खतिवडाको भनाइ छ । उनले त्यो खाम थाले मात्रै पनि जोखिमबाट बचिने बताए । ‘त्यति भयो भने हामी जोखिमबाट बच्न सक्छौ भन्ने हो । तर सरकारकै कतिपय गतिविधि हेर्ने हो भने चोख्याउन पो खोजेको हो कि भन्ने घटनाक्रमहरूले देखाएको छ’, खतिवडाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप