सेयर बजारमा २७ अंकको गिरावट
शुक्रबार, ०६ साउन २०७९, १७ : २३
शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आएको छ । सोही दिन सेयर बजारमा २७ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.२६ अंकले घट्दै २ हजार १७.४६ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक ५ अंकले घट्दै २ हजार ४४.७२ अंकमा अडिएको थियो ।
यस दिन १३ वटै उपसूचक ऋणात्मक भएर सेयर बजार नै राताम्मे हुनपुगेको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक २.४८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूहको उपसूचक ०.४ प्रतिशतले मात्र घटेको छ ।
२७ अंकमाथि घटेको बजारमा आज १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले रक्षा प्रमुखका लागि प्रस्ताव गरेका हेगसेथ परे ४ घण्टे केरकारमा
-
लमजुङमा धान उत्पादन बढ्यो
-
१२ बजे, १२ समाचार : ओलीको आलोचना गर्दा अर्का नेतालाई कारबाहीको डण्डादेखि राष्ट्रपतिलाई अध्यादेशले तनावसम्म
-
१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ
-
‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा
-
ओलीको आलोचना गर्दा एमालेमा अर्का नेता पनि कारबाहीमा