आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारमा २७ अंकको गिरावट

शुक्रबार, ०६ साउन २०७९, १७ : २३
शुक्रबार, ०६ साउन २०७९

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आएको छ । सोही दिन सेयर बजारमा २७ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.२६ अंकले घट्दै २ हजार १७.४६ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक ५ अंकले घट्दै २ हजार ४४.७२ अंकमा अडिएको थियो । 

यस दिन १३ वटै उपसूचक ऋणात्मक भएर सेयर बजार नै राताम्मे हुनपुगेको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक २.४८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूहको उपसूचक ०.४ प्रतिशतले मात्र घटेको छ । 
२७ अंकमाथि घटेको बजारमा आज १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप