मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सुविधासम्पन्न अस्पताल बनाउन २ अर्ब ५४ करोड कर्जा स्वीकृत

शुक्रबार, ०६ साउन २०७९, १५ : ४३
शुक्रबार, ०६ साउन २०७९

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १०० श्ययाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माण तथा सन्चालन गर्न  २ अर्ब ५४ करोडसम्मको कर्जा सुविधा स्वीकृत भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागितामा  बिहीबार सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।  सहमतिअनुसार उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड १ अर्बसम्म लगानी गर्ने छ । 

बिहीबार सम्पन्न भएको सम्झौता समारोहमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेसहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष कमल भण्डारी लगायत अन्य पदाधिकारीहरुकोे उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप