बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘कानुन बनाउँदा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ’

शुक्रबार, ०६ साउन २०७९, १५ : १२
शुक्रबार, ०६ साउन २०७९

एमाले सांसद गणेशकुमार पहाडीले वैवाहिक अंगिकृतलाई नेपाली नागरिकता दिने सम्बन्धमा सरकारले ल्याएको नागरिकता विधेयक संविधान सम्मत नभएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन २०६३ पहिलो संशोधन विधेयक प्रस्तावमाथि संशोधन प्रस्ताव पेश गर्दै नागरिकता दिने प्रक्रिया सहज नभएको भन्दै कानुन बनाउँदा विधायिकाले म र मेरो परिवार वा जातिलाई फाइदा हुनेगरी बनाउन नहुने बताए ।

‘कानुन बनाउँदा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ’, पहाडीको भनाइ छ । उनले अमेरिका, माल्दिभ्सको समेत उदाहरण दिँदै वैवाहिक अंगिकृतका सवालमा सात वर्षे प्रावधान राख्नु उपयुक्त हुने धारणा राखे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप