मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

इटहरीकी युवतीसँग फेसबुकमा चिनजानपछि चितवनमा भेट, पोखरा लगेर बलात्कार

शुक्रबार, ०६ साउन २०७९, २३ : ५९
शुक्रबार, ०६ साउन २०७९

फेसबुकबाट भएको चिनजान बलात्कारसम्म पुगेपछि एक युवा प्रहरी हिरासतमा पुगेका छन् । युवतीलाई फेसबुकमार्फत चिनजान गरेर भेट्न बोलाइ बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट घर भइ राजधानीमा व्यवसाय गर्दै आएका मधुसुदन पाण्डेलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार फेसबुकबाट बाक्लो कुराकानी हुन थालेपछि मधुसूदनले इटहरीकी युवतीलाई भेट्न बोलाए । सहमतिअनुसार एक्लै युवती चितवन आइन् । यस्तै अरु तीन जना साथीसहित काठमाडौंबाट चितवन पुगेका मधुसूदनले युवतीलाई घुम्ने बहानामा असार २२ गते त्यहीँबाट पोखरा लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पोखरा लगेपछि चारै जना पोखरास्थित  होटलमा बास बसे । सो क्रममा मधुसुदन र अर्का एक जनाले उनलाई बलात्कार गरेको युवतीको आरोप छ । घटनापछि युवतीले काठमाडौं आएर प्रहरी वृत्त मालीगाउँमा आफू बलात्कृत भएको उजुरी दिएकी थिइन् । उजुरी लगत्तै प्रहरीले पाण्डेलाई राजधानीको बालाजुबाट असार २५ गते पक्राउ गरेको हो । 

पक्राउपछि उनलाई कारबाही प्रक्रियाका लागि पोखरा लगेर अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी  सुन्दर तिवारीले अभियुक्तमाथि बलात्कार मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको बताए । यस्तै बलात्कारमा संलग्न भनिएका अर्का एक जनासहित पाण्डेसँग गएका ४ जना फरार रहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको तिवारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप