शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सांसद धामीको आग्रह : सिक्किमको घटना हेरेर नागरिकता कानुन बनाऔं

शुक्रबार, ०६ साउन २०७९, १४ : ५५
शुक्रबार, ०६ साउन २०७९

एमाले सांसद नरबहादुर धामीले नागरिकता कानुन बनाउँदा व्यापक छलफल गरेर बनाउन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बोल्दै सांसद धामीले उनले भारतमा पनि विवाह गरेर आएको विदेशीले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने कानुन बनाएको बताउँदै ३ तिरबाट भारतले घेरेको सानो देशको रुपमा रहेको देशमा नागरिकता कानुन बनाउँदा संवेदनशील हुनुपर्ने बताए । 

सांसद धामीले जुन बेलासम्म सिक्किममा नागरिकताको कुरा उठेको थिएन त्यो बेलासम्म सिक्किम स्वतन्त्र देश रहेको र नागरिकताको कुरा उठाएर ब्यापक नागरिकता बाँडेपछि १ सिट ल्याउने पार्टीले बहुमत ल्याएर सिक्किमलाई इतिहासबाट मेटाइएको बताए । 

उनले नागरिकताको विषयलाई ख्याल ख्याल नगर्न आग्रह गरे । नेपालीसँग बिहे गरेर आएकी विदेशी बुहारीलाई नागरिकता दिन ७ वर्ष पर्खने व्यवस्था राख्न संशोधन प्रस्ताव पेश गरेको बताए । उन ले विदेशीलाई नेपाली नागरिकता दिन निश्चित समय राख्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप