मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजेन्द्र लिङ्देनमाथि कार्यकर्ता धम्क्याएको आरोप, बैठकमा खनिए नेताहरु

शुक्रबार, ०६ साउन २०७९, २२ : ५०
शुक्रबार, ०६ साउन २०७९

राप्रपाका केन्द्रीय सदस्यहरुले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना गरेका छन् । उनीहरुले जायज विषयमा नेतृत्वको आलोचना गर्दासमेत अध्यक्ष लिङ्देनले कतिपय कार्यकर्तालाई धम्क्याउने तथा कालोसूचीमा राख्ने गरेको भन्दै युवा केन्द्रीय सदस्यहरुले आलोचना गरेका हुन् । 

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो दिन बोल्ने केन्द्रीय सदस्यहरुले नेतृत्वको खुलेर आलोचना गरेको एक नेताले रातोपाटीलाई जानकारी दिए । अध्यक्षले विधान मिचेर निरंकुश कार्य गरेको पनि उनीहरुको आरोप थियो । अध्यक्षले विधान मिचेर केन्द्रीय सचिवालय गठन गरेको, हालसम्म पनि संसदीय समिति र निर्देशन समिति गठन नगरेको, विधान विपरीत केन्द्रीय सदस्यहरु मनोनयन गरेको उनीहरुको आरोप छ । यस्तै आठ महिनासम्म महाधिवेशनले पास गरेको कार्यपत्रहरु कार्यकर्तालाई उपलव्ध नगराइएको, सक्रिय सदस्यसम्म नभएको व्यक्तिलाई जथाभावी मनोनयन गरिएको पनि उनीहरुको आरोप छ । 

पार्टीमा एक व्यक्ति एक पदको सिद्धान्त भएपनि सोको कार्यान्वयनमा नेतृत्व उदासिन हुनुका साथै आफू निकटलाई बहु पद दिइएकोप्रति समेत उनीहरुको कटाक्ष थियो । सोमबार बिहानी सत्रको बैठकमा पहिलो सदस्यको रुपमा केन्द्रीय सदस्य जनकराज पाठक बोलेका थिए । उनले  नयाँ नेतृत्व आएको ८ महिनासम्म पनि भ्रातृ गठन नभएको बताएका थिए । गठन भएका संगठन पनि नेतृत्वको हस्तक्षेपका कारण अस्तव्यस्त टिप्पणी पाठकले गरेको ती नेताको भनाइ छ । यस्तै  गत स्थानीय निर्वाचनमा अपेक्षित मत नआए र आउँदो संघीय निर्वाचनमा पनि तालमेलको विषय आजसम्म अगाडि नबढाएयकोप्रति उनले प्रश्न उठाएका थिए । 

केन्द्रीय सदस्यहरु ध्रुव रायमाझी, देवु पराजुली, रामराज कोइराला, प्रविण थोकर, किशोर कार्की, मोनिका श्रेष्ठ, सावित्रा क्षेत्री, हिक्मत सिं कार्की, भरत पाठक, जगत गौचन,निरन्जन थापा, सुर्यबहादुर सिंह लगायतले  पनि नेतृत्वको कार्यशैलीको आलोचना गरेका थिए । उनीहरुले पार्टीलाई सुधारेर लानु पर्नेमा जोड दिँदै अध्यक्ष एकलौटी रुपमा अगाडि बढ्न नहुनेमा जोड दिएका थिए । 

बैठकमा केन्द्रीय सदस्य बतिता शाहीले पार्टीले फौजदारी मुद्दा खेपिरहेका व्यक्तिलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको बताइन् । मनोनयनमा अध्यक्षले विधानको उपहास गरेको उनको कटाक्ष थियो । राप्रपा अध्यक्ष लिङ्देनले विभिन्न फोरमबाटै नेता कार्यकर्तालाई धम्क्याउने गरेको र त्यसको उदाहरण काभ्रे र भक्तपुरको कार्यक्रम भएको केन्द्रीय सदस्यहरुले उठाएका थिए । यस्तै पार्टीलाई सही ढंगले चलाउन दवाव दिने दिलनाथ गिरी, श्याम तिमल्सिनालगायतप्रति पनि नेतृत्व असहिष्णु भएको केही केन्द्रीय सदस्यले बताएका ती नेताको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप