सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

विभिन्न माग राख्दै राप्रपा नेपाल सडकमा

शुक्रबार, ०६ साउन २०७९, १४ : ३१
शुक्रबार, ०६ साउन २०७९

राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न माग राख्दै संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन् । प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारीलाई कार्वाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा जनवर्गीय संगठनका नेता, कार्यकर्तासहित पार्टीका नेताहरुको समेत सहभागी थिए । माइतीघरमा जम्मा भएर सुरु भएको प्रदर्शन बानेश्वरतर्फ गएको छ । राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो संगठन निर्माणसँगै सडक केन्द्रित भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए । उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रुपमा अघि बढाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप