मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

लोसपा र जनमत पार्टीबीच चुनावी गठबन्धन बनाउन गृहकार्य सुरु

शुक्रबार, ०६ साउन २०७९, २२ : ५२
शुक्रबार, ०६ साउन २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीबीच गठबन्धन बनाउनेबारे गृहकार्य सुरु भएको छ । गठबन्धनको प्रयासस्वरुप दुई दलबीच पटक पटक अनौपचारिक कुराकानी भएको बताइएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले राजधानीको तपोवनमा नौ दिने ध्यान गर्न जानुअघिसमेत लोसपाका अध्यक्ष ठाकुरसँग कुराकानी गरेका थिए । कुराकानी सकारात्मक रुपमा अगाडि बढेको बताइएको छ ।

जनमत पार्टीका नेता बीपी साहले छलफल अझै जारी रहेको भन्दै क्रमशः छलफल हुँदै जाने बताए । लोसपा र जनमत पार्टी दुवैले आआफ्नो पार्टीमा अगामी चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरिसकेका छन् । स्थानीय चुनावमा यी दुवै दल एक्लाएक्लै चुनाव लडेका थिए । तर, पाँच दलीय गठबन्धनसँग एक्ला एक्लै चुनाव लड्दा  सोचे जस्तो परिणाम आउन नसकेको दुबै पार्टीको निष्कर्ष छ । 

लोसपाले जनमत पार्टीसहित एमाले र उन्मुक्ति पार्टीसँग चुनावी गठबन्धन बनाउने तयारी गरिरहेको छ । तर, जसपाका उपेन्द्र यादव पक्षसँग तालमेल गर्ने कि बाबुराम भट्टराई पक्षसँग गर्ने भन्नेमा टुंगो लागेको छैन । तर अगामी चुनावमा विभिन्न पाँचवटा दल मिलाएर चुनावी गठबन्धन बनाउने तयारी लोसपाको छ ।

जसपा भने यतिबेला काँग्रेससहितको गठबन्धनमा रहेको छ । जसपाको बाबुराम पक्षले माओवादीसँग मिलेर समाजवादी केन्द्र बनाउने गृहकार्य पनि गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप