बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नागरिकता बाहेकका विषय कार्यसूचीबाट हटाइयो, विधेयकमाथि दफावार छलफल सुरु

शुक्रबार, ०६ साउन २०७९, १३ : ५५
शुक्रबार, ०६ साउन २०७९

प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीबाट नेपाली नागरिकता विधेयक बाहेकका विषय हटाइएको छ । प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसूचीबाट हटाइएको हो । 
शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको  थियो । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयक बाहेकका विषय हटाइएको हो । 

अहिले नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफल चलिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप