मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक सुरु

शुक्रबार, ०६ साउन २०७९, १३ : ५३
शुक्रबार, ०६ साउन २०७९

प्रदेश १ मा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल हुँदैछ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।  आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । 

नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप