भारतमा चुनाव हारेर नेपालमा सांसद हुनेगरी नागरिकता वितरण गर्नु हुँदैन : दुर्गा पौडेल
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा नागरिकता दिन नहुने बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बोल्दै सांसद पौडेलले नेपाल भारत खुला सिमानाका कारण जन्मको आधारमा नागरिकता दिँदा भोलिका दिनमा नेपाली नै अल्पमतमा पर्ने खतरा उत्पन्न हुने बताइन् ।
विधिशास्त्रीय सिद्धान्तका आधारमा पनि जन्मका आधारमा नागरिकता दिन नहुने र जन्मका आधारमा नागरिकता पाएकाहरुलाई वंशजको नागरिकता दिन नहुने उल्लेख गरिन् ।
सांसद पौडेलले भनिन्– ‘हाम्रो जस्तो मुलुकको हकमा बुझ्नुपर्ने कुरा के छ भने अंगीकृत नागरिकताको पुरानै प्रावधान छ । त्यो अंगीकृत नागरिकताको प्रावधानलाई अगाडि बढायौं भनेपनि पुग्छ । पहिले जसरी जन्मका आधारमा नागरिकता वितरण भएको थियो, त्यो नागरिकता वितरणमा सर्वोच्च अदालतले रोक लगाएको थियो । त्यो कुरा अहिलेसम्म पनि छानविन भएको छैन । वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ त्यसमा दुईमत छैन तर भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न भएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ । अंगीकृत नागरिकता पाउने सांसदले कस्तो कुरा ब्यक्त गरेको हो त्यो संसदमा रेकर्ड भएकै छ । त्यसैले यी कुरालाई मध्यनजर गर्न जरुरी छ ।’
बाबु र आमा दुवैजना वंशज छन् उनीहरुलाई मात्र वंशजको नागरिकता दिनुपर्ने बताउँदै जन्मकै आधारमा वंशजको नागरिकता दिने कुरा कुनै विधिशास्त्रीय ढंगले पनि नमिल्ने कुरा भएको उल्लेख गरिन् । विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिन ७ वर्ष कायम राखेर जानुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या