‘चिया पार्टी’ बन्यो पुनर्जागरण पार्टी नेपाल, चुनाव चिन्ह ‘वाईफाई’
शुक्रबार, ०६ साउन २०७९, १२ : २८
निर्वाचन आयोगले दर्ता नगरी फर्काइदिएको ‘चिया पार्टी’ को नाम परिवर्तन गरेर पुनर्जागरण परिवर्तन पार्टी नेपाल बनाइएको छ । पार्टीको झण्डामा फिनिक्स चराको पृष्ठभूमिमा रातो, पहेँलो र हरियो रंग राखिएको छ ।
आवश्यक निवेदन, कागजपत्रसहित आयोगमा दल दर्ताका लागि निवेदन दिएको र सनाखत भएको महासचिव रविकिरण हमालले जानकारी दिए । श्यामबाबु गौतम अध्यक्ष रहेको सो दलमा २१ जना केन्द्रीय सदस्य रहेका छन् ।
पार्टीको चुनाव चिन्ह भने ‘वाईफाई’ को संकेत राखिएको छ । ज्ञान, विज्ञान र विचारको उच्चतम प्रयोग गरेर विकास गर्दै मानव सभ्यतालाई सर्वोत्कृष्ट बनाउने पार्टीको उद्धेश्य रहेको महासचिव हमालले जानकारी दिए । पार्टीको कार्यालय काठमाडौंको केएल टावरको पाँचौ तलामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातवर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक भएन कालोपत्र
-
जिल्ला स्तरीय अभिमुखीकरणका लागि एमाले शीर्ष नेताहरू धनकुटा आउँदै
-
क्रिकेटबाट सन्न्यास लिने सन्दीपको सङ्केत
-
मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीले उपद्रो मच्चाउन छाडेन
-
एआईको युगमा सुखी जीवन
-
पुल अभावका कारण किसानलाई सुन्तला बिक्री गर्न सकस