शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पाँच लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

शुक्रबार, ०६ साउन २०७९, १२ : २७
शुक्रबार, ०६ साउन २०७९

 बैंकिङ्ग कसुर मुद्दामा ५ लाख जरिवाना ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका–१० घर भएर काठमाडौंको रामहिटी बस्ने २६ वर्षीया कृपा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।

उच्च अदालत पाटनले असार १० मा खड्कालाई ५ लाख जरिवाना, २ दिन कैद र २० हजार क्षतिपुर्ति हुने ठहर गरेको थियो । बैंकिङ्ग कसुर मुद्दामा जरिवाना र सजायको फैसलापछि खड्का फरार थिए ।

बिहिबार उनलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेर प्रहरीले जिल्ला अदालत ललितपुरका उपस्थित गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप