शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१८३ स्थानीय तहले अझै पेस गरेनन् बजेट

शुक्रबार, ०६ साउन २०७९, ११ : ५९
शुक्रबार, ०६ साउन २०७९

असार मसान्तसम्म पेस गरिसक्नु पर्ने बजेट साउन ६ गतेसम्म आइपुग्दा पनि अझै १८३ वटा स्थानीय तहले पेस गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको छ ।  

कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ५७० वटाले बजेट पेस गरी अद्यावधिक जानकारी उपलब्ध गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बजेट पेस नगर्ने स्थानीय तहमा प्रदेश १ मा २७, मधेश प्रदेशमा ६१, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा २१ वटा रहेका छन् । 

हालसम्म प्रदेश १ मा ११०, मधेश प्रदेशमा ७५, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ७६, लुम्बिनी प्रदेशमा ८७, कर्णाली प्रदेशमा ६५ र सुदूरपश्चिम प्रदेशमा ६७ वटा स्थानीय तहले बजेट पेस गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप