भारत प्रस्थानको तयारीमा रहेको साफ यू-२० नेपाली फुटबल टिमको बिदाइ
साफ यू-२० मा सहभागी हुन भारत प्रस्थानको तयारीमा रहेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज बिदाइ गरिएको छ ।
राखेप सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले टोलीलाई बिदाइ गरे । नेपाली टोली शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने छन् ।
मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै साफ यू-२० मा खेल्नका लागि २३ सदस्यीय टिमको घोषणा गरेका थिए । जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहने छ।
टिममा ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमीत श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा, दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतीशरत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान, दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र भएको आशङ्का, अमेरिकी सांसदले के भने ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु, सबैभन्दा बढी सुन्दरीजलमा
-
नरभक्षी बाघ मर्यो
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
-
१० महिनामा गण्डकी : आम्दानी कमजोर, खर्च टिठलाग्दो
-
ड्रोनले इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पार्यो