सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक : प्रधानमन्त्रीले गरे सत्ता गठबन्धनका नेताहरुसँग छलफल

शुक्रबार, ०६ साउन २०७९, १० : ५७
शुक्रबार, ०६ साउन २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकका विषयमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । 

नागरिकता विधेयक संसदबाट पारित गर्ने विषयमा गठबन्धन सबै नेताहरु सहमत भएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताए । ‘नागरिकता विद्येयक पारित गर्ने विषयमा गठबन्धनका सबै नेताहरुसँग छलफल भयो । त्यसमा सबैको सहमत हुनुहुन्छ’ पौडेलले भनिन्, ‘हामीले त्यसमा सहमत जनाएका छैनौ । त्यसमा समर्थन छैन ।’

राष्ट्रिय जनमोर्चा बाहेक गठबन्धनका शीर्ष नेताहरु नागरिकता विद्येयकमा सहमत जनाएका हुन् । बालुवाटार बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गठबन्धनका दोस्रो तहका नेताहरुको समेत सहभागिता थियो ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द वन्दीसमेत सहभागी थिए । नागरिकता विद्येयक गृहमन्त्री खाँणले आज बस्ने संसद बैठकमा निर्णयार्थ पेश गर्ने भएका छन् । विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन् । यो विधेयक संसदीय समितिमा नपठाइ संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप