बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रेस युनियनको नेतृत्व हत्याउन संस्थापन  र इत्तर पक्षबीच कडा प्रतिस्पर्धा

शुक्रबार, ०६ साउन २०७९, १० : ५१
शुक्रबार, ०६ साउन २०७९

नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इत्तर पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।

झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरू हेटौडा आइपुगेका छन । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।  युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षबाट सभापतिमा अनिता बिन्दु र संस्थापन इत्तर पक्षबाट शिव लम्सालले आ–आफनो दावेदारी प्रस्तुत गरेका छन । 

‘आज प्रधानमन्त्रीले नवौं महाधिवेशनको उद्घाटन गर्नुहुनेछ भने आजै निर्वाचनको प्रक्रिया पनि सुरु हुनेछ,’ कोषाध्यक्षका उम्मेदवार माधव धितालले भने, ‘भोलि मतदान हुने र भोलि नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।’ 

सो महाधिवेशनमा संस्थापन पक्षबाट बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इत्तर समूहबाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन ।

उता, संस्थापन पक्षबाट महिला उपाध्यक्षमा कल्पना शर्मा र इत्तर समूहबाट सलोजा दाहाल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षबाट जगन्नाथ दुलाल  र इत्तर समूहबाट दिलिप पौडेल बिच तिव्र प्रतिस्पर्धा हुने युनियन आवद्ध पत्रकारले जनाएका छन ।

संस्थापन पक्षका उप महासचिवका उम्मेदवार केशव साँउद र इत्तर समूहबाट बिष्णु क्षेत्री रहेका छन भने संस्थापन पक्षले कोषाध्यक्षमा माधव धितालले उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहनेछन् ।

केन्द्रीय उपाध्यक्ष सुदूरपश्चिमका लागि हरिश भट्टलगायत छन भने महिला उप महासचिवमा कुसुम बिक, दीपाश्रीले अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी, खुल्ला सचिवका लागि खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायतले मैदानमा उत्रेका छन भने महिला सचिवमा मेनुका भट्टलगायत उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप