बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’ मा निक्षेप रकमको १० गुणासम्म प्रतिफल

शुक्रबार, ०६ साउन २०७९, ०९ : ५९
शुक्रबार, ०६ साउन २०७९

एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम प्रतिफल पाउनेछन् । 
सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउन सक्ने बैंकले जनाएको छ। 

साथै पहिलो वर्षको लागि रु.५ लाखसम्मको दुर्घटना बीमा र रु.२ लाखसम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप