सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरबाट ८ ट्रक अवैध सुपारी बरामद, इन्डोनेसियाबाट आएको आशङ्का

शुक्रबार, ०६ साउन २०७९, ०९ : ०९
शुक्रबार, ०६ साउन २०७९

विराटनगरबाट हिजो साँझ प्रहरीले ८ ट्रक अवैध सुपारी बरामद गरेको छ । प्रदेश १ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उक्त सुपारी विराटनगर रानीमा चेकजाँचका क्रममा बरामद भएको छ । 

सबै ट्रकहरू भारतीय नम्बर प्लेटका छन् । चालक पनि भारतीय नै रहेको प्रहरीले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार उक्त सुपारी इन्डोनेसियाबाट आएको आशङ्का गरिएको छ । ‘हामी अनुसन्धानकै क्रममा छौँ, पहिलो लेयर भेटेका हौँ, माल ल्याउन वास्तविक मान्छे को हो भन्ने पत्ता लाग्न सकेको छैन,’ प्रहरी स्रोतले भन्यो । उक्त ट्रकहरू इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

आवश्यक प्रक्रिया पुरा गरी भन्सारलाई बुझाउने तयारी गरेको प्रहरीले जनाएको छ । मोरङको रानी नाका हुँदै सुपारी तस्करी हुँदै आएको छ । अन्य मुलुकबाट आउने सुपारी नेपालको भन्दै तस्करहरूले अवैध तरिकाले भारत तस्करी गर्दै आएका छन् । लामो समययता भने सुपारी तस्करीका धन्दा रोकिएको थियो । प्रहरीले यी ट्रक समातेसँगै पुनः तस्करीको लाइन खुलेको आशङ्का धेरैले गरेका छन् ।

प्रहरीले सुपारीसहित नियन्त्रणमा लिएका ट्रकहरूमा युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप