सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आज मौद्रिक नीति आउँदै, त्यसअघि सञ्चालक समितिको बैठक बस्दै

शुक्रबार, ०६ साउन २०७९, ०४ : ००
शुक्रबार, ०६ साउन २०७९

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आज बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए । उनका अनुसार आजै मौद्रिक नीति आउने सम्भावना छ । 

गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप