अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ बनाउन नसकिने
![अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ बनाउन नसकिने](https://rpcdn.ratopati.com/media/albums/outer-ringroad_DDS4HvyYdM.jpg)
सहरी विकास मन्त्रालयले अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ विकास आयोजनालाई अगाडि बढाउन नसकिने निष्कर्ष निकालेको छ। आयोजना अगाडि बढाउन अहिलेको रेखाङ्कनमा पुनरवलोकन गर्नुपर्ने निष्कर्ष मन्त्रालयको छ। प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिलाई मन्त्रालयले दिएको जवाफमा यस्तो उल्लेख छ। समितिले बाहिरी चक्रपथ विकास आयोजनाबारे अवस्थाबारे जानकारी मागेको थियो।
प्रस्तावित बाहिरी चक्रपथको दायाँबायाँ २५० मिटर जग्गामा स्थायी भौतिक संरचना निर्माण भइसकेको हुँदा अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भएकाले आयोजनाको रेखाङ्कनलाई पुनरावलोकन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिमा बुझाएको छ । मन्त्रालयले समितिलाई साउन ३ गते बुझाएको हो। समितिका सचिव ओमबहादुर कार्कीले निर्माण भएका स्थायी संरचनालाई हटाउँदा तथा ती जग्गा अधिग्रहण गर्दा मुआब्जास्वरूप लाग्ने रकम अत्यधिक लाग्ने भएकाले आयोजनाको रेखाङ्कन नै पुनरवलोकन गर्नुपर्ने सुझाव दिइएको जानकारी दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको भूउपग्रह पड्कियो, चीनले लगायो आफ्नो आईएसएसमा कवच
-
१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बनमा
-
मोदी सरकार अगस्टसम्म ढल्न सक्छ : लालु यादव
-
कान्तिपुरले हटायो ‘इट्स माई शो’को विवादित अंश
-
सरकारले कृषिलाई प्राथमिकतामा राख्ने नीति बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ : मुख्यमन्त्री कार्की
-
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय