पत्रपत्रिका
७१ प्रतिशत नेपाली श्रमिकले कोभिडकालमा तलब पाएनन्
शुक्रबार, ०६ साउन २०७९, ०५ : ४८
कोभिड-२९ सङ्क्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेष गरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड-१९ सङ्कटका कारण आर्थिक गतिविधि ठप्प हुँदा तलब नपाएका हुन्।
प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले गरेको अध्ययनमा ६७ प्रतिशत श्रमिकको ज्याला कटौती भएको थियो । सो अध्ययनले खाडीका श्रम गन्तव्यहरु कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स तथा मलेसियामा कार्यरत श्रमिकले तलब नपाएको, कटौती भएको तथा ढिलो तलब पाएको उल्लेख छ। श्रम आप्रवासन विज्ञ डा. जीवन बानियाँले अध्ययनका क्रममा सहभागीमध्ये ४० प्रतिशत श्रमिकले कोभिड-१९ का कारण आफ्नो रोजगारी गुमाएको बताए । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट