नवनिर्वाचित भारतीय राष्ट्रपतिको जीवन संघर्ष : दुई छोरा र श्रीमानको छोटो अन्तरालमा निधन भएको थियो !
भारतकी १५ औं राष्ट्रपतिका रुपमा चुनिएकी द्रौपदी मुर्मूका सन् २०१० पछिका चार वर्ष निक्कै दुःखद रहे । उनले यी ४ वर्षमा परिवारका तीन सदस्य गुमाइन् । सन् २०१० र २०१४ को बीचमा द्रौपदीका दुई छोरा र श्रीमानको मृत्यु भयो । जसमध्ये जेठो छोराको मृत्यु आकस्मिक भएकाले शंकाको हिसाबले हेरिन्छ ।
उनका जेठा छोरा मृत्युको अघिल्लो रात साथीको घरमा पार्टीमा गएका थिए । राति घर फर्किएर थाकेको छु, डिस्टर्ब नगर्नुस् भन्दै सुतेका थिए । तर बिहान ढोका ढक्ढक्याएपछि खुलेन । धेरै ढडकढकाउँदा पनि ढोका नखुलेपछि पछि बलपूर्वक ढोका खोल्दा उनी मृत भेटिएका थिए ।
जेठो छोराको मृत्यु भएको दुई वर्षपछि कान्छो छोराको सडक दुर्घटनामा मृत्यु भयो । द्रौपदीका भाउजु शाक्यमुनिले त्यसबेलाको स्मरण गर्दै भनिन् ,‘जेठो छोराको मृत्यु हुँदा ६ महिनासम्म द्रौपदीलाई डिप्रेसन भएको थियो । उनलाई यो समाचार स्वीकार्न निक्कै गाह्रो भएको थियो । त्यसबेला उनले अध्यात्मतिर लागेर दुःख भुल्ने प्रयास गरेकी थिइन् ।’
मुर्मू ब्रह्मकुमारी सेवामा आवद्ध रहेर आध्यात्मिक कार्यमा संलग्न भइन् । कान्छो छोराको मृत्यु हुँदासम्म द्रौपदीको मन निक्कै बलियो भइसकेको उनकी भाउजु सम्झिन्छिन् । ‘जेठो छोराको मृत्युले टुटेकी द्रौपदी कान्छो छोराको मृत्युको खबर दिँदा आफैले फोनमा सम्झाएकी थिइन्– नरोइ घर आउनु ।
सामान्य समयमा घरमा पाहुना आएजसरी आउनुस् भनेकी थिइन्,’ शाक्यमुनीले भनिन् । सन् २०१४ मा उनका श्रीमान श्याम चरण मुर्मूको पनि निधन भयो । श्याम बैंकर थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख