एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे
गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन् ।
निकुञ्जभित्र जिप सफारी र डुंगा सफारी गर्न आन्तरिक (नेपाली), सार्क मुलुक र विदेशी मुलुकका पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र हात्ती सफारी भने हुँदैन । पर्यटन व्यवसायीहरुले मध्यवर्ती सामुदायिक वनमा मात्रै पर्यटकलाई हात्ती सफारी गराउने गर्छन् ।
निकुञ्जका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ नेपाली पर्यटकले निकुञ्ज घुमे । त्यस्तै, सार्क मुलुकका १९ हजार ९७९ र सार्क मुलुक बाहिरका १४ हजार ८०८ पर्यटकले निकुञ्ज घुमेको देखिन्छ । निकुञ्ज घुम्नका लागि नेपाली पर्यटकलाई १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकलाई ५०० रुपैयाँ र सार्क मुलुक बाहिरका पर्यटकलाई दुई हजार रुपैयाँ शुल्क लाग्छ ।
गत आवमा निकुञ्जभित्र घुम्ने पर्यटकबाट निकुञ्जले सात करोड २९ लाख ४५ हजार ६५० रुपैयाँ आम्दानी गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । त्यस्तै, जीप सफारीबाट दुई करोड ७८ लाख ८० हजार र डुंगा सफारीबाट १५ लाख ७३ हजार २०० रुपैयाँ आम्दानी भएको उनले बताए ।
गत आवको साउन र भदौमा जीप सफारी र डुंगा सफारी भएको थिएन । दुई महिनामा चार हजार ८८३ पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरे । पर्यटनका लागि निकुञ्जको मुख्यालय कसरामा घडीयाल गोही प्रजनन केन्द्र स्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन