गभर्नर अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथि प्रश्न उठ्यो : पञ्चा सिंह
अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथि प्रश्न उठेको टिप्पणी गरेकी छन् । अखिल (क्रान्तिकारी) हिमालय इन्जिनियरिङ कलेजद्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितालाई बिहीबार काठमाडौमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो टिप्पणी गरेकी हुन् ।
सरकार बेरोजगारीको समस्या हल गर्न असफल भएको भन्दै सिंहले प्राविधिक जनशक्तिलाई मुलुकभित्रै खपत गर्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राखिन् । ‘देशमा एकातर्फ दक्ष जनशक्तिको अभाव छ अर्को तर्फ तपाई इन्जिनियरहरु पासपोर्ट बनाउन जमलमा लाइन लाग्नुपरेको छ ।’ उनले भनिन्, ‘नैतिक र शैक्षिक रुपमा समेत अयोग्यहरु गभर्नर बन्ने देशमा दक्ष इन्जिनियरहरु रुँदै बिदेशिन बाध्य हुनुपरेको छ ।’
अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनाली र क्षितिज सापकोटा तथा सचिवद्वय प्रशुन कार्की, नारायण बडाल र सञ्जीव रेग्मीले सम्बोधनसहित उद्घाटन गरिएको कार्यक्रममा उपत्यकाका विभिन्न इन्जिनियरिङ कलेजका २८ वटा समूह सहभागी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा हिउँदे आलुखेती विस्तार
-
प्रथम 'गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१' को उत्कृष्ट ५ सार्वजनिक
-
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
-
हेटौँडा–काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न अध्ययन गर्दै प्रदेश सरकार, चलाउन कति सम्भव ?
-
अर्जुनधारा र जापानको तोनो सिटीबिच भगिनी सम्बन्ध स्थापना
-
भ्युटावर हेर्न गएका तारणी ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएनन्