पुटिन ‘पूर्ण स्वस्थ’ छन्, बाँकी सबै हल्ला हो : सीआईए प्रमुख
अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक बिल बर्नस्ले ‘रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘पूर्ण रूपमा स्वस्थ्य’ रहेको बताएका छन् । एस्पेन इन्स्टिच्युटको वार्षिक सुरक्षा अन्तरक्रियाका क्रममा उनले सो कुरा बताएका हुन् ।
बर्नस्ले पुटिनको स्वास्थ्य बारेमा चलेका हल्लाहरु ‘औपचारिक गुप्तचर विश्लेषणहरु’ बाट पुष्टि नभएको बताए । अन्तरक्रियामा पुटिन अस्वस्थ वा अस्थिर रहेको भन्ने समाचारहरु आइरहन्छ नि भनेर सोधिएको प्रश्नमा सिआइए निर्देशकले भने, ‘राष्ट्रपति पुटिनको स्वास्थ्यको बारेमा धेरै हल्लाहरु छन् र जहाँसम्म हामी भन्न सक्छौं, उनी पूर्ण रूपमा स्वस्थ छन् ।’
पुटिनको स्वास्थ्यबारे अनुमानित समाचार आएको अहिले मात्र होइन । पुटिनको बढी ल्याङ्ग्वेज, बोली र चाल सबैमाथि निगरानी भइरहने भएकाले पनि अड्कलबाजी हुने गर्छ । हरेक पटक पुटिन सार्वजनिक दृश्यबाट केही अन्तरालका लागि गायब हुँदा वा उनको हाउभाउमा केही फरकपन आउँदा ट्याबलोइड शैलीमा उनमा कुनै बिमारी पो छ कि भन्ने प्रक्षेपण गर्ने काम सुरु भइहाल्छ ।
यसमा पुटिनको कार्यशैलीले पनि सघाएको छ । रुसको राजनीति उनकै वरिपरि केन्द्रित गरिँदै लगेकोले क्रेमलिनले उनलाई देशको समस्या समाधान गर्नसक्ने एकमात्र नेताको रुपमा प्रस्तुत गर्न मेहनत गर्छ । यसक्रममा उनको व्यक्तिगत जीवनका अधिकांश पाटो गोप्य राखिएको छ ।
पश्चिमी मिडियामा पुटिन बिरामी हुनसक्ने समाचार आउँदा रुसी राष्ट्रपति कार्यालयले क्रेमलिनले तिनको उपहास गर्ने गर्छ । बिहीबार नै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन स्वस्थ्य रहेको बताउँदै उनको स्वास्थ्यबारे चल्ने कुरा हल्ला मात्र भएको बताए । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान