मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कालिकोटमा खोलाले बगाउँदा एक बेपत्ता

बिहीबार, ०५ साउन २०७९, २१ : ३०
बिहीबार, ०५ साउन २०७९

कालिकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । पलाँता गाउँपालिका–७ फागोटी बस्ने वर्ष ४० का धर्मदत्त जैसीलाई तिपघाट खोलाले बगाएको हो । 
    
थिर्पुबाट घर फर्किने क्रममा आज दिउँसो टिपघाट खोला तर्न लाग्दा उहाँ बग्नु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता भएका जैसीलाई खोलाले बगाएर कर्णाली नदीमा पु¥याएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख सिद्धराज न्यौपानेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप