एटिएम मेसिन फोरेर १५ लाख चोरी
![एटिएम मेसिन फोरेर १५ लाख चोरी](https://rpcdn.ratopati.com/media/albums/atm_7A4BGiM9W5.jpg)
पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए । उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए ।
चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटिएममा १७ लाख राखेकामा दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ ।
पोखरामा केही दिनयता बैंकको एटिएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन् । गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एशिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनाङको बाटो सधैँ जोखिमपूर्ण
-
आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
-
बैठक लाइभ हुँदैन, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छ : मनिष झा
-
संसद्को प्रत्यक्ष प्रसारण सांकेतिक भाषामा गर्न पदमबहादुर परियारको माग
-
म्याग्दीमा सदरमुकाम बाहिरका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै
-
प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ