बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित

बिहीबार, ०५ साउन २०७९, २० : ३८
बिहीबार, ०५ साउन २०७९

भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।

मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाकी मुर्मू  यसअघि झारखण्डको गभर्नर भइसकेकी छन् ।  मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनीयताको सपथ लिनेछिन् ।

यसअघि द्रौपदी मुर्मू आदिवासी जनजाति हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप