आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साँखुमा भेटिएको मानव कंकालको खुलेन पहिचान

बिहीबार, ०५ साउन २०७९, १९ : ४४
बिहीबार, ०५ साउन २०७९

काठमाडौंको शंखरापुर नगरपालिका–३ साँखु स्थित बनमा भेटिएको मानव कंकालको पहिचान खुल्न सकेको छैन् । साउन २ मा फेदी बनमा खहरे खोला नजिकै मानव शरीरको कम्मर मुनिको भाग भेटिएको थियो ।

कंकाल परिक्षण गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । हराएका मानिसहरुबाट पहिचान खुलाउन प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा सो कंकालको डिएनए परिक्षणका लागि पठाउने तयारी गरेको छ ।  

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप