सामाजिक सञ्जालको दुरुपयोग गर्ने एक जना पक्राउ
बुधबार, ०४ साउन २०७९, १० : ००
सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले नमोबुद्ध नगरपालिका–५ स्थायी घर भइ काठमाडौं बौद्धमा बस्ने कर्म वाङ सिङले पक्राउ गरेको हाे ।
उनले सामाजिक सञ्जाल फेसबुकमा तेश्रो लिङ्गीका तस्बिर आफ्नो फेक एकाउन्ट बनाई प्रोफाईल तथा कभरमा राखेर पीडितका साथीहरुसँग कुराकानी गरी पैसा समेत माग गरेको प्रहरीले जनाएको छ ।
यस्तै उनले राइडर एप्लिकेसन इनड्राइभरको दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको पाइएपछि पक्राउ गरिएको ब्यूरोले जनाएको छ । लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई बिहीबार जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी