आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बबरमहलस्थित सीडीओ कार्यालय अगाडिको पार्किङको समस्या समाधान

बिहीबार, ०५ साउन २०७९, १८ : ५५
बिहीबार, ०५ साउन २०७९

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अघिल्तिर मोटरसाइकल पार्किङ गर्दा महानगरपालिकाले ट्रकमा उठाएर लैजाँदा सेवाग्राहीले झन्झट व्यहोर्ने गरेका थिए । तर, अब सो झन्झट नहुनेगरी पार्किङ व्यवस्थापन गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीले अब सोही कार्यालयमा पार्किङ गर्न पाउनेछन् । सीडीओ कार्यालयमा कार्यरत सरकारी कर्मचारी र बाहिरबाट आउने सरकारी सवारी साधन सँगै रहेको जल तथा मौसम विज्ञान विभागमा पार्किङ गर्ने निर्णय गरिएको छ ।   

उपत्यका ट्राफिक प्रहरी कार्यालयको कमाण्ड समालेपछि डीआईजी चौधरीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र मौसम विज्ञान विभागका प्रमुखसँग समन्वय गरेर सो समस्या समाधान गरेकी हुन् ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले सवारी पार्किङ गर्न नपाउँदा सडकमै राख्ने गरेका थिए । सिंहदरबार तर्फबाट बबरमहलतर्फ निस्कने साँघुरो सडकमा पार्किङ निषेध गरिएको हुनाले महानगरले सवारी साधन उठाएर लैजाने गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागले आफ्नो पार्किङ एरियामा सरकारी नम्बर प्लेटका सवारी साधनलाई पार्किङ सुविधा दिन सहमत भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले मौसम विज्ञान विभागमा र सीडीओ कार्यालयमा आउने सेवाग्राहीले सो कार्यालय भित्रको पार्किङ स्पेशमा पार्किङ गर्न पाउने निर्णय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप