बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कालिकोट हाईस दुर्घटना अपडेट : एकको मृत्यु, नौ जना घाइते

बिहीबार, ०५ साउन २०७९, १८ : ३७
बिहीबार, ०५ साउन २०७९

बिहीबार दिउँसो कालिकोटको सिम्ले खोलका भएको हाईस दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खाडाचक्र नगरपालिका–८ सिम्ले खोला दिउँसो ३ः४५ बजेतिर कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शिद्धराज न्यौपानेले हाईसमा झण्डै २० जनाजति सवार रहेको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार मृत्युमा हाईसका सहचालक भनिएपनि पुष्टि भने हुन सकिएको छैन ।

गाडी मान्मा– नाग्मतर्फ जाँदै थियो । मृतक र घाइतेहरुको नाम पुष्टि नभएको उनले बताए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट रिफर गरिएको उनले बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप