बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

‘इन ड्राइभर’मा आबद्ध ट्याक्सी चालक चरित्रहत्या गरेको आरोपमा पक्राउ

बिहीबार, ०५ साउन २०७९, १८ : २६
बिहीबार, ०५ साउन २०७९

 ‘इन ड्राइभर’मा आवद्ध ट्याक्सी चालकलाई साइबर ब्यूरोले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको कानपुर घर भएका २४ वर्षीय कर्म वाङ सिल लामालाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

तेस्रो लिङ्गीले आफूले प्रयोग गर्दै आएको फेसबुक एकाउन्टमा पोष्ट गरेका तस्बीरहरु डाउनलोड गरेर फेक एकाउन्ट बनाएर लामाले दुरुपयोग गरेको आरोप छ । प्रोफाइल तथा कभर तस्बीरको रुपमा पीडित तेस्रो लिङ्गीको तस्वीर अपलोड गरेर फेक एकाउन्टको म्यासेन्जर मार्फत पीडित बनेर पैसा मागेर हैरानी दिएको र चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए ।

एकजना महिलाले इन ड्राइभर नाम एप्लिकेशन प्रयोग गर्ने क्रममा दिएको विवरणको दुरुपयोग गरेर उनले पोर्न साइटमा समेत सेयर गरेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । साउन ४ मा पक्राउ गरेर उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप