आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बैंकहरुले साउन २१ गतेभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

बिहीबार, ०५ साउन २०७९, १७ : ५३
बिहीबार, ०५ साउन २०७९

बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्षको वित्तीय विवरण अब साउन महिनाको २१ गतेभित्रै सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त क, ख, ग, र घ वर्गका संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

बैंकले एकीकृत निर्देशिकाको ४/०७८ को बुँदा नम्बर १ को को उपबुँदा (ङ) को खण्ड (१) मा संशोधन गर्दै आर्थिक वर्षको चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो । 

यसअघि यस्तो व्यवस्था आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म काय रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप