शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : एक वर्षमा २ लाख ६९ हजारले गरे ट्राफिक नियम उल्लंघन

बिहीबार, ०५ साउन २०७९, १७ : ५२
बिहीबार, ०५ साउन २०७९

प्रदेश १ मा गत आर्थिक वर्ष २०७८/०७९ को १ वर्षको अवधिमा २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ ।  प्रदेश १ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यसरी ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट १८ करोड १ लाख ५९ हजार राजश्व जरिवाना गराइएको छ ।

यस्तै प्रहरीले ४ हजार ८ सय २१  रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको छ । कतिपयले गाँजा खेतीलाई मान्यता दिनुपर्ने बहस चलाइरहेको बेला प्रहरीले भने गाँजाखेती नष्ट गर्दै आएको छ । 

यस्तै प्रहरीले गाँजा २ हजार २१ किलो ९०२ ग्राम, चरेस २३ ग्राम ९१७  मिलिग्राम, ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सुल ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरु ७ सय ६९ क्याप्सुल बरामद गरेको छ । 

यस्तै प्रहरीले प्रदेशभरमा आर्थिक २०७८/०७९ मा ८ हजार ५५ वटा मुद्दा दर्ता भएको जनाएको छ । उक्त मुद्दा तथा जरिमानाबाट ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।  प्रहरीले दर्ता भएका मुद्दाहरूमध्ये ३ हजार १ सय ७७ वटा मुद्दा फर्छ्यौट पनि गरिसकेको छ । यस्तै फरार रहेका १ हजार ७ सय ३८ जना प्रतिवादीहरुलाई पक्राउ गरी ८ करोड ७ लाख ४७  हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गर्नुका साथै ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेको छ भने नदिजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने ३७ जना र ६४५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन गरेको पनि प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 यसैगरी अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना पक्राउ गर्नुका साथै ४ हजार ६ सय ४८ क्यू.फिट काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैया राजश्व संकलन भएको छ । प्रहरीले उत्कृष्ट कार्य गर्ने १ हजार ८ सय ६४ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप