होल्डिङ कम्पनी ‘साथी पार्टनर्स लिमिटेड’ औपचारिक रुपमा सुरु

होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा शुभारम्भ भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथी मार्टको टिममार्फत केही विषेश तथा ठूला योजनासहित यसै महिनादेखि औपचारिक रुपमा सुरु भएको घोषणा गरेको हो ।
यो कम्पनी अन्तर्गत साथी मार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषि, कपडा ब्राण्ड, म.म फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै उत्कृष्ट ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको कम्पनीले बताएको छ ।
कम्पनीको स्थापनाले साथी मार्टको उत्पादनदेखि रिटेलसम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यसहित ठूलो कम्पनीको रुपमा स्थापित हुन चाहेको कम्पनीले बताएको छ । यस कम्पनीका संस्थापक अध्यक्ष, साथी मार्टका सिइओ तथा सफल युवा व्यवसायी सागर पोखरेल रहेका छन् भने ५ जनाको अनुभवी सञ्चालक समिति रहेको बताइएको छ ।
७ वटाभन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादन देखि रिटेल र टेक्नोलोजीदेखि अनलाइन सपिङ र कृषि क्षेत्रका राम्रा व्यवसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पुँजी ५० करोड र चुक्ता पुँजी हाललाई ५ करोड ७३ लाख रहेको कम्पनीले जनाएको छ ।
साथै यो आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पुँजी पुर्याउने उद्देश्यसहित १० लाख कित्ता संस्थापक शेयर आन्तरिक बिक्रीमार्फत व्यवसायिक सोचका व्यक्तित्वहरू कम्पनीमा जोड्ने लक्ष्य कम्पनीले राखेको छ । २०८०÷८१ भित्र कम्पनीको कुल चुक्ता पूँजी एक अर्ब पचास करोड पु¥याई आईपीओमा जाने लक्ष्य समेत कम्पनीको लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने