बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

डुबेर बालिकाको मृत्यु

बिहीबार, ०५ साउन २०७९, १७ : २४
बिहीबार, ०५ साउन २०७९

मोरङमा पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । जिल्लाको पथरी शनिश्चरे–९ सगरमाथा चोकस्थित पैनीको पानीमा डुबेर तेह्रथुम छ थर गाउँपालिका–३ घर भई हाल पथरीशनिश्चरे ९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बुको मृत्यु भएको हो । 

आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मृतकको शवलाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप