आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अपेक्षित नतिजा नआएको राप्रपाको निष्कर्ष

बिहीबार, ०५ साउन २०७९, १६ : ३२
बिहीबार, ०५ साउन २०७९

राप्रपाले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ।  यद्यपि निर्वाचनको क्रममा पार्टीका नेता कार्यकर्ताहरु परिचालित हुने, उम्मेदवार बन्ने, विजयी हुने र मतदातासँग हातेमालो गर्ने क्रमले पार्टी संरचनामा सकरात्मक प्रभाव संचार भएको राप्रपाको भनाइ छ । 

पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले एकातर्फ प्रतिष्पर्धी दलहरूको गठबन्धन र अर्कोतर्फ तयारी अभाव हुँदा अपेक्षित नतिजा नआएको उल्लेख गरेका छन् । तर, राप्रपाले लोकप्रिय जनमतमा भने उल्लेख्य सुधार गरेको लिङ्देनको भनाइ छ । 

चुनावमा राप्रपाबाट चार निर्वाचित पालिका प्रमुख÷अध्यक्ष र चार निर्वाचित उपप्रमुख÷उपाध्यक्षसहित ३०७ जना निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप