आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपाको चुनाव केन्द्रित ४ रणनीति, किन खोज्यो स्वतन्त्र उम्मेदवार ?

बिहीबार, ०५ साउन २०७९, १८ : ०९
बिहीबार, ०५ साउन २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रदेश तथा संघीय निर्वाचनका लागि ४ रणनीति अख्तियार गरेको छ। राजधानीमा बिहीबारदेखि सुरु भएको केन्द्रीय मिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन पेश गर्दै चुनाव केन्द्रित ४ रणनीति अख्तियार गरेका हुन् । 

सो रणनीतिमा स्वतन्त्र व्यक्तिहरुलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने विषय समेत उल्लेख गरिएको छ । त्यसका लागि सबै जिल्ला समितिहरुले स्वतन्त्र उम्मेदवारलाई सम्पर्क र अनुगमन प्रारम्भ गर्ने लिङ्देनको प्रतिवेदनमा भनिएको छ । यस्तै केन्द्रीय अध्यक्षको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने, केन्द्रीय परिचालन समितिले १५ दिन भित्र निर्वाचनको तयारी सम्बन्धी विस्तृत कार्ययोजना तयार गर्ने, जिल्ला अध्यक्षको अध्यक्षतामा जिल्ला निर्वाचन परिचालन समिति गठन गर्ने, उपयुक्त र लोकप्रिय उम्मेदवारहरुको सम्भावित नामावली संकलन प्रारम्भ गर्ने जस्ता विषय दस्तावेजमा उल्लेख रहेको प्रवक्ता सगुन लावतीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप