बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मन्त्री गहतराजको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह समिति गठन

बिहीबार, ०५ साउन २०७९, १५ : ५१
बिहीबार, ०५ साउन २०७९

राष्ट्रिय युवा परिषद्का अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकको अध्यक्षतामा ६५७  सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह आयोजक समिति गठन भएको छ। ‘अन्तरपुस्ताको ऐक्यबद्धता,  सबै उमेर समूह मैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने मुल नाराका साथ अगस्ट १२ मा विश्वब्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ।

बिहीवार युवा तथा खेलकुद मन्त्रालयमा  महत्त्वपूर्ण सरोकारवाला एवम् विभिन्न क्षेत्रका युवा केन्द्रित संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा आयोजित वृहत् भेलाबाट मुल समारोह समिति बनाइएको हो। समितिमा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत सहित सबै सदस्यहरु, नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी वलका प्रतिनिधि , राष्ट्रिय खेलकुद परिषद, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि रहनेछन् ।

यस्तै विभिन्न युवा तथा विद्यार्थी संघ संगठनका प्रतिनिधि,परिषद सम्वद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद आवद्ध संघ–संस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत रहनेछन् ।
आगामी श्रावण २७ गते हुने अन्तर्राष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रमका साथ भव्य रुपमा मनाउन सो समिति बनाइएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। यसैगरी परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको संयोजकत्वमा  सचिवालय समेत गठन गरिएको छ।

युवाका मुद्दा र सवाललाई सम्वोधन गर्ने अभिप्रायले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउँदै आइएको छ। विश्वका विभिन्न देशका युवा विषय हेर्ने मन्त्रीहरुको सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारणसभाले अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने घोषणा गरेको हो।

यो घोषणासँगै अन्तर्राष्ट्रिय युवा दिवसलाई विश्वभर युवा जागरण , सशक्तीकरण लगायतका विविध कार्यक्रम गर्दै भव्य रुपमा मनाउने प्रचलन छ। नेपालमा पनि हरेक वर्ष युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद र विभिन्न संघ–संस्थाले युवा दिवस विविध कार्यक्रमका साथ मनाउने गरेको परिषदकी उपसचिव चन्द्रा थापाले बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप