बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, खोला तर्ने क्रममा एकजना वेपत्ता

बिहीबार, ०५ साउन २०७९, १५ : ३४
बिहीबार, ०५ साउन २०७९

कालिकोटको पिलीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान खडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यहाँ पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ । 

अस्थाई पोष्ट पिलि कालिकोटबाट प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी हिराबहादुर पाण्डेले रातोपाटीलाई जानकारी दिए ।  उनले भने, ‘स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाउने कार्य भइरहेको छ । अझै पनि खुल्न सकिरहेको छैन । सवारी साधनहरु रोकिएको अवस्था छ ।’ 

खोलाले बगाउँदा एकजना बेपत्ता 

पाण्डेका अनुसार बिहीबार बिहान कालिकोटकै टिपघाट खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पलाता गाउँपालिका– ७ फागोटि बस्ने वर्ष ४० का धर्मदत्त जैसी रहेका छन् । उनलाई टिपघाट खोला तर्ने क्रममा खोलाले बगाएको हो । पाण्डेका अनुसार उनी थिर्पुबाट घर फर्किंदै गरेका थिए । 

पाण्डेका अनुसार अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उनको खोजी कार्य गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप