बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

संसद्‍मा उठ्यो निर्वाचन आयोगको अनियमितता : ५ सय ८१ वटा ल्यापटप खोइ ?

बिहीबार, ०५ साउन २०७९, १८ : १२
बिहीबार, ०५ साउन २०७९

निर्वाचन आयोगले गरेको अनियमितताको विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मीना सुब्बाले आयोगले ल्यापटप तथा छपाई मेसिन खरिद गरेर कामै नगरी अलपत्र पारेको विषय उठाएकी हुन् । 
पछिल्लो समय चौतर्फी आर्थिक अनियमितता भइरहेको बताउँदै सांसद सुब्बाले निर्वाचन आयोगले किनेको करोडौँको सामान प्रयोगविहीन भएको जानकारी गराइन् । महालेखा परीक्षकको कार्यालयका अनुसार निर्वाचन आयोगले किनेको ५ सय ८१ वटा ल्यापटप अहिले प्रयोगविहीन अवस्थामा रहेको उनले बताइन् । 

सांसद सुब्बाले भनिन– ‘आयोगले खरिद गरेको ६ सय ५९ वटा ल्यापटपको मूल्य खुलाइएको छैन । मूल्य नखुलाएको मध्ये ५ सय ८१ वटा थन्काइएको छ । आयोगले २०७४ सालमा १० करोड ४० लाख डिजिटल कलर प्रिन्टर किनेको थियो । साथै ११ करोड २८ लाखमा किनेको प्रिन्टरसहित कुल २१ करोड ८३ लाख ४० हजारमा अत्याधुनिक छपाई मेसिन खरिद गरिएको थियो । ती सबै हाल प्रयोगविहीन अवस्थामा छन् ।’ सो को छानविन गर्न सांसद सुब्बाले माग गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप