शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा, दाहाल र राणालाई कारवाही गर्न महेश बस्नेतको माग

बिहीबार, ०५ साउन २०७९, १४ : २२
बिहीबार, ०५ साउन २०७९

नेकपा एमालेमा सांसद महेश बस्नेतले एम अधिकारीको खोजी भइरहेका बेला एस देउवा, पी दाहाल र आर देउवा राणालाई कारवाही गर्न माग गरेका छन् । उनले विभिन्न मन्त्रीहरुको संक्षिप्त नाम लिँदै विभिन्न कारण देखाएर कारवाहीको माग गरेका हुन् ।

 सांसद बस्नेतको भनाई जस्ताको तस्तै :
केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजी गरिरहेका छन् । देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गरेर परिवार लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र आर राणा देउवा खोजेर कारवाही गर्नुपर्ने हैन र ?

 बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारको दरमा फेरबदल गरेर सीसीटीभी लगायतका प्रमाणहरु नष्ट गर्ने र ६ अर्बभन्दा बढी कमिसन गढबढी गर्ने माओवादी नेता जे शर्मालाई खोजेर कारवाही गर्नुपर्ने हैन र ?  पेट्रोलियम पदार्थको आपूर्तिमा गडबढी गर्ने काँग्रेस नेता डी बढुलाई कारवाही गर्नुपर्ने हैन र ? मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीमाथि खेलवाड गर्ने एम यादव र डी पौडेलहरुलाई कारवाही गर्नुपर्ने हैन र ? 

प्रधानन्यायाधीशलाई महाभियोग लगाई प्रक्रिया अवरुद्ध गरेर कामु खाइरहेका डी कार्कीहरूलाई कारवाही गर्नुपर्दैन र ? एमसीसी पास गरेर व्याख्यात्मक टिप्पणी गर्ने एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस देउवा र एन खड्का लगायतलाई कारवाही गर्नुपर्ने हैन र ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप