रुसलाई ड्रोन दिएको भन्दै अमेरिकाले इरानमाथि पोख्यो असन्तुष्टि
अमेरिकी सैन्य अधिकारीले रुसलाई ड्रोन उपलब्ध गराएको रिपोर्टबारे इरानलाई चेतावनी दिएका छन् । युक्रेन युद्धका लागि यी ड्रोन रुसमा आपूर्ति भइरहेको उनीहरुको भनाइ छ ।
अमेरिकी रक्षा सचिव लोयड अस्टिन र शीर्ष सैन्य अधिकारी जनरल मार्क माइलले संयुक्त पत्रकार सम्मेलनमा युक्रेन युद्धका लागि इरानमा निर्मित ड्रोनहरू रूसलाई आपूर्ति भइरहेको रिपोर्टमा प्रतिक्रिया दिए ।
उनले इरानको यो कदमले रुसलाई युक्रेन युद्धमा मद्दत गर्ने बताए ।
लोयड अस्टिनले भने, ‘हामी इरानलाई यसो नगर्न सल्लाह दिनेछौं । यो खासमा खराब विचार हो । हामी उनीहरुको ठाउँमा भएको भए म यस्तो उद्देश्य छोडिदिन्थेँ ।’
जनरल मार्क माइलले पनि भने, ‘रुसलाई सैन्य सहायताको मुद्दामा अमेरिकाको विरोधलाई ध्यानमा राख्दै, इरानले यस्तो गर्नु ठीक होइन । मिडिया रिपोर्टमा भनेजसरी मलाई लाग्दैन कि रुसलाई युएभी (ड्रोन्स) वा अन्य हतियार प्रणालीको आपूर्ति गर्नु इरानका लागि कुनै राम्रो विचार हो ।’